१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा बढ्दो वायु प्रदुषणलाई रोक्न कडा नियम लागू



अ+ अ-

काठमाडौँ । वायुको गुणस्तर बिग्रिएपछि भारतको राजधानी शहरमा बढ्दो वायु प्रदुषण स्तरलाई सम्बोधन गर्न नयाँ दिल्लीमा वायु प्रदुषणको कडा उपायहरू अपनाइएको छ ।

भारतको राजधानी शहरका धेरै क्षेत्रमा वायु गुणस्तर सूचकांक (एक्युआइ) पिएम२.५ को हिसावले ३०१ र ४०० को बीचमा रेकर्ड गरिएको थियो । जुन धेरै खराब श्रेणीमा परेको थियो । भारत सरकारको वायु गुणस्तर र मौसम पूर्वानुमान र अनुसन्धानको प्रणालीअनुसार नयाँ उपायहरू राष्ट्रिय राजधानी क्षेत्र र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर व्यवस्थापन आयोगले जारी गरेको ग्रेडेड प्रतिक्रिया कार्य योजनामा समावेश गरिएको थियो ।

नयाँ प्रदुषण विरोधी उपायहरूमा भ्याकुम स्वीपिङ र सडकमा पानी छर्कने, ट्राफिक आवागमनलाई सहज बनाउनको लागि सिङ्क्रोनाइज गर्ने, निजी यातायातलाई निरुत्साहित गर्न पार्किङ शुल्क बढाउने, सार्वजनिक यातायातको फ्रिक्वेन्सी बढाउने जस्ता समावेश छन् ।

दिल्लीमा बसोबास गर्ने मानिसहरूलाई अक्टोबरदेखि जनवरीसम्म धुलो–उत्पादन गर्ने निर्माण गतिविधिहरूबाट जोगिन र निजी सवारीहरूमा नियमित रूपमा एयर फिल्टरहरू प्रतिस्थापन गर्न सल्लाह दिइएको छ ।