३१ असार २०८३, बुधबार
,
Latest
प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन अर्थसम्बन्धी कानून संशोधन विधेयकः सुशासन प्रवर्द्धन हुनेमा सांसदहरूको विश्वास, राजश्व अनुसन्धानको संरचना परिवर्तनप्रति आपत्ति व्यावसायिक लागत घटाउन र कानुनी दोहोरोपना अन्त्य गर्न आधा दर्जन ऐन खारेज गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० मा नेपालले बनाएको कीर्तिमान तोडियो



अ+ अ-

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको सर्वाधिक रनको कीर्तिमान तोडिएको छ । जिम्बाबेले सो कीर्तिमान तोडेको हो । साथै, टोलीले यसबाहेक दुई कीर्तिमान पनि तोडेको छ ।

पुरुष टी–२० विश्वकप अफ्रिका उप–क्षेत्रीय छनोट प्रतियोगितामा जिम्बाबेले बुधबार गाम्बियालाई ४ विकेटको क्षतिमा ३ सय ४४ रन बनाएर टी–२० क्रिकेटमा सर्वाधिक रनको नेपालको कीर्तिमान तोड्न सफल रह्यो ।

अघिल्लो वर्ष सन् २०२३ को सेप्टेम्बर २७ मा चीनको हान्झाऊमा भएको १९औँ एशियाली खेलकुदमा नेपालले मङ्गोलियासँगको खेलमा ३ सय १४ रन बनाउँदै विश्व कीर्तिमान बनाएको थियो ।

साथै, जिम्बाबेले २ सय ९० रनले खेल जितेर सर्वाधिक फराकिलो जितको कीर्तिमान पनि नेपालबाट खोस्न सफल भयो ।

जिम्बाबेका लागि कप्तान सिकन्दर रजाले ३३ बलमा शतक पूरा गरे । उनले ४३ बलमा १ सय ३३ रनको इनिङ खेलेका थिए ।

यस्तै, जिम्बाबेले यो इनिङमा २७ छक्का प्रहार गरेको थियो । यस अघि नेपालले २६ छक्काका साथ सर्वाधिक छक्काको कीर्तिमान बनाएको थियो । खेलमा कप्तान रजाले सर्वाधिक १५ छक्का प्रहार गरेका थिए ।