८ कार्तिक २०८१, बिहीबार
,
Latest
सरकार विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछः माओवादी खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँः स्वास्थ्यमन्त्री पौडेल चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ जादैँ रास्वपाबाट भइरहेका गतिविधिप्रति एमालेको गम्भीर ध्यानाकर्षण यी हुन् संसारका सबैभन्दा खतरनाक ४ ठाउँ, जहाँ जान डराउँछन् मानिस नब्बे वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० मा नेपालले बनाएको कीर्तिमान तोडियो



अ+ अ-

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको सर्वाधिक रनको कीर्तिमान तोडिएको छ । जिम्बाबेले सो कीर्तिमान तोडेको हो । साथै, टोलीले यसबाहेक दुई कीर्तिमान पनि तोडेको छ ।

पुरुष टी–२० विश्वकप अफ्रिका उप–क्षेत्रीय छनोट प्रतियोगितामा जिम्बाबेले बुधबार गाम्बियालाई ४ विकेटको क्षतिमा ३ सय ४४ रन बनाएर टी–२० क्रिकेटमा सर्वाधिक रनको नेपालको कीर्तिमान तोड्न सफल रह्यो ।

अघिल्लो वर्ष सन् २०२३ को सेप्टेम्बर २७ मा चीनको हान्झाऊमा भएको १९औँ एशियाली खेलकुदमा नेपालले मङ्गोलियासँगको खेलमा ३ सय १४ रन बनाउँदै विश्व कीर्तिमान बनाएको थियो ।

साथै, जिम्बाबेले २ सय ९० रनले खेल जितेर सर्वाधिक फराकिलो जितको कीर्तिमान पनि नेपालबाट खोस्न सफल भयो ।

जिम्बाबेका लागि कप्तान सिकन्दर रजाले ३३ बलमा शतक पूरा गरे । उनले ४३ बलमा १ सय ३३ रनको इनिङ खेलेका थिए ।

यस्तै, जिम्बाबेले यो इनिङमा २७ छक्का प्रहार गरेको थियो । यस अघि नेपालले २६ छक्काका साथ सर्वाधिक छक्काको कीर्तिमान बनाएको थियो । खेलमा कप्तान रजाले सर्वाधिक १५ छक्का प्रहार गरेका थिए ।