२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुवासलाई नगदसहित सम्मान गरिने



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) कारण गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा पदक जित्न सफल सुवास घतानेलाई नगदसहित सम्मान गरिने भएको   छ ।

नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले सुवासलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने संघका उपाध्यक्ष समेत रहेका प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी गराए । ‘तिहार अघि नै हामीले सुवासलाई नगदसहित सम्मान गर्ने तयारी गरेका छौं ।’– सुवासलाई बधाइ दिदै वैद्यले भने ।

लकडाउन र निशेधाज्ञाका दौरान सुवासले ३ अन्तर्राष्ट्रिय र १ राष्ट्रिय गरी ४ प्रतियोगितामा सहभागिता जनाएका थिए । चार प्रतियोगितामा उनले ३ स्वर्ण र १ रजत जिते । चारैमा उनले एकल कातामा आफ्नो कौशल प्रदर्शन गरेका थिए ।

हालै सम्पन्न सातौं निशिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता (फिलिपिन्स) मा उनले स्वर्ण जितेका थिए । त्यसअघि विश्व कराते च्याम्पियनसिप (माल्टा) मा रजत जितेका सुवासले अल नेपाल ओपन कराते प्रतियोगितामा स्वर्ण जिते । अन्तर्राष्ट्रिय अनलाइन इ काता कराते प्रतियोगिता (भारत) मा सुवासले नेपाललाई स्वर्ण दिलाएका थिए ।

विभागीय टोली एपीएफका सुवास सातौं राष्ट्रिय खेलकुदका स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदका रजत पदक विजेता हुन् ।