६ चैत्र २०८१, बुधबार
,
Latest
साना तथा मझौला उद्यमीको मानव अधिकार संरक्षण गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड कटहरका रुख सुकेपछि किसान चिन्तित ‘पोखरा–छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान ट्रम्प र पुटिनबीच टेलिफोन संवाद : ऊर्जा र पूर्वाधारमा युद्धविराम गर्न सहमत आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? पृथ्वीमा आइपुगे ९ महिना अड्किएका नासाका दुई अन्तरिक्ष यात्री मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते सर्वाेच्च अदालतले सडक विस्तारविरुद्धको रिट खारेज गरेसँगै महानगरले थाल्यो छलफल भोजपुरमा आगलागी हुँदा १७ घर, आठ पाली र १० गोठ नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीलाई ‘लाइफ सपोर्ट’ र ‘ट्रमा केयर’ तालिम



अ+ अ-

मुग्लिन । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा आयोजना गरेको दुईदिने ‘लाइफ सपोर्ट’ र ‘प्राइमेरी ट्रमा केयर’ तालिम सम्पन्न भएको छ ।

नागढुङ्गा–नौबिसे मुग्लिन सडकखण्डमा अवस्थित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका निम्ति सञ्चालित तालिमको समापन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र विपद् प्रतिकार्य सम्भव नहुने बताउनुभयो ।

उहाँले विपद् प्रतिकार्य तथा उद्धारमा खटिएकाले जीवन जोखिममा परेका हजारौँको रक्षा गरेका तथा देशमा विपत्तिका बेला परिचालन हुने स्वयम्सेवक दस्ता पनि नागरिकस्तरमा गठन गर्न अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो ।

तालिममा गजुरी अस्पताल, मलेखु अस्पताल, आदमघाट अस्पताल, मुग्लिन हाइेव अस्पताल र इच्छाकामना गाउँपालिकाद्वारा सञ्चालित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा कार्यरत २६ जनाको सहभागिता थियो । महानिरीक्षक अर्यालले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । रासस