८ कार्तिक २०८१, बिहीबार
,
Latest
सरकार विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछः माओवादी खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँः स्वास्थ्यमन्त्री पौडेल चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ जादैँ रास्वपाबाट भइरहेका गतिविधिप्रति एमालेको गम्भीर ध्यानाकर्षण यी हुन् संसारका सबैभन्दा खतरनाक ४ ठाउँ, जहाँ जान डराउँछन् मानिस नब्बे वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार



अ+ अ-

भक्तपुर । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ ।

बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आज राससलाई बताउनुभयो । समीक्षा बैठक बुधबार समापन भएको हो ।

भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा गौतमले जानकारी दिनुभयो ।