८ कार्तिक २०८१, बिहीबार
,
Latest
जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ: प्रधानमन्त्री नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह सलमान खानलाई धम्की दिएर ५ करोड माग्ने व्यक्ति पक्राउ उत्तर कोरियाले अक्टोबरमा तीन हजार सेना रूस पठाएको अमेरिकाको दाबी जनकपुर बोल्ट्सले भित्र्यायो न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमलाई रास्वपाले भोलिदेखि काठमाडौँमा प्रदर्शन गर्ने वरदान बन्दै त्रिविको अनलाइन कक्षा सैनिक मुख्यालयमा यसरी मनाईयो संयुक्त राष्ट्रसंघ दिवस- फोटो फिचर टी–२० मा नेपालले बनाएको कीर्तिमान तोडियो सरकारले विकासमा तीव्रता दिनुपर्छः शेखर कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार



अ+ अ-

भक्तपुर । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ ।

बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आज राससलाई बताउनुभयो । समीक्षा बैठक बुधबार समापन भएको हो ।

भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा गौतमले जानकारी दिनुभयो ।