१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रवात दानाको सामनाको लागि पुर्व तयारीमा भारत



अ+ अ-

एजेन्सी । ओडिशा र पश्चिम बङ्गालको तटमा चक्रवात दानाको सम्भावित अवतरण अघि तयारीको लागि भारतीय वायु सेना (आईएएफ) का दुई विमानहरूले बुधबार राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का कर्मचारी तथा राहत सामग्री भुवनेश्वरमा लगेका छन् ।

एनडीआरएफका अधिकारकर्मी तथा राहत सामग्री बोकेका जहाज आईएल–७६ र एएन–३२ भटिङ्डाबाट बुधबार भुवनेश्वर आइपुगेका हुन ।

भारतीय मौसम विज्ञान विभागका अनुसार, ’चक्रवात दाना’ ले भितरकनिका र ओडिसाको तटमा भद्रक वा बालासोरको बिचमा अवतरण गर्ने अनुमान गरिएको छ ।

ओडिसा सरकारले बालासोर, भद्रक, केन्द्रपाडा, मयूरभन्ज, जगतसिंहपुर र पुरी जिल्लाहरूमा अधिकतम प्रभाव पर्ने अनुमान गरेको छ ।

चक्रपात बङ्गालको पूर्वी मध्य खाडीमा दबाव छोडी पश्चिम–उत्तरपश्चिमतर्फ १८ किलोमिटर प्रति घण्टाको गतिमा अघि बढ्ने जनाएको छ ।

चक्रपत अक्टोबर–२४ को बिहानसम्म उत्तर–पश्चिम बङ्गालको खाडीमा गम्भीर चक्रवाती आँधीमा परिणत हुने र अक्टोबर –२४ को राति तथा अक्टोबर–२५ को बिहानमा पुरी र सागर टापुको बिचमा ओडिशा र पश्चिम बङ्गालको तट पार गर्ने सम्भावना रहेको जनाइएको छ ।

अक्टोबर–२२ मा, ओडिसाका शिक्षा मन्त्री नित्यानन्द गोन्डले विद्यार्थीको सुरक्षालाई ध्यान दिदै अक्टोबर २३–२५ सम्म प्रभावित हुन सक्ने क्षेत्रमा विद्यालय तथा कलेजहरु बन्द रहने घोषणा गर्नु भएको थियो ।

चक्रवात दानाले निम्त्याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै आइएमडीको पूर्वानुमानले अनुसार अक्टोबर २३–२६ सम्म ओडिसा र गाङ्गेय पश्चिम बङ्गालमा भारी वर्षा हुने जनएको छ ।

पश्चिम बङ्गाालको ओडिसामा एनडीआरएफ टोलीहरू चक्रवातको सामना गर्न तयार छन् भने जहाज सहित सेना, नौसेना र तट रक्षकको अतिरिक्त उद्धार र राहत टोली तयारी अवस्थामा राखिएको छ ।