२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनामा रु १२ करोड ६३ लाख राजस्व सङ्कलन



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेश सरकारअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय धनुषा जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु १२ करोड ६३ लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले चालु आवको साउनमा रु चार करोड ५५ लाख ६७ हजार आठ सय, भदौमा रु तीन करोड ९५ लाख दुई हजार नौ सय ९३ र असोजमा रु चार करोड १५ लाख ६५ हजार आठ सय ४६ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।

कार्यालयले सवारी दर्ता, सवारीचालक अनुमतिपत्र नवीकरण र प्रतिलिपि, सवारी कर, ‘रुटपरर्मिट’, पटके, आयकर तथा सडक सम्भारबापत सो राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो ।

कार्यालयमा रहेको विवरण अनुसार गत असोज २१ गतेसम्ममा साना सवारीसाधन दर्ता एक हजार दुई सय १७, ठूला सवारीसाधनअन्तर्गत जीप तथा कार २२, ट्र्याक्टर २९, बस २१, मिनीट्रक सात, इ–रिक्सा तथा टेम्पो भाडाका एक सय ६०, व्यक्तिगत इ–रिक्सा एक सय ७३, एम्बुलेन्स एक र तथा डोजर पाँचवटा दर्ता भएका प्रमुख सिंहले जानकारी दिनुभयो ।

एक महिना अघि सरुवा भएर यहाँ आउनुभएका प्रमुख सिंहले सेवाग्राहीलाई छिटोछरितो कार्यसम्पादन गर्न कार्यालयको शाखामा आन्तरिक सुधारका प्रयास गरिएको बताउनुभयो । कार्यालयले चालक अनुमतिपत्रलगायत विभिन्न शीर्षकबाट गत आर्थिक वर्ष २०८०र८१ मा रु ६३ करोड १५ लाख ३२ हजार राजस्व सङ्कलन गरेको थियो ।

मधेश प्रदेश सरकारअन्तर्गत मधेशका आठ जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा छ । प्रदेशमा सङ्घीयता लागु हुनुअघि तीनवटा जिल्लामा मात्र यातायात व्यवस्था कार्यालय थियो ।