३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनामा रु १२ करोड ६३ लाख राजस्व सङ्कलन



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेश सरकारअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय धनुषा जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु १२ करोड ६३ लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले चालु आवको साउनमा रु चार करोड ५५ लाख ६७ हजार आठ सय, भदौमा रु तीन करोड ९५ लाख दुई हजार नौ सय ९३ र असोजमा रु चार करोड १५ लाख ६५ हजार आठ सय ४६ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।

कार्यालयले सवारी दर्ता, सवारीचालक अनुमतिपत्र नवीकरण र प्रतिलिपि, सवारी कर, ‘रुटपरर्मिट’, पटके, आयकर तथा सडक सम्भारबापत सो राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो ।

कार्यालयमा रहेको विवरण अनुसार गत असोज २१ गतेसम्ममा साना सवारीसाधन दर्ता एक हजार दुई सय १७, ठूला सवारीसाधनअन्तर्गत जीप तथा कार २२, ट्र्याक्टर २९, बस २१, मिनीट्रक सात, इ–रिक्सा तथा टेम्पो भाडाका एक सय ६०, व्यक्तिगत इ–रिक्सा एक सय ७३, एम्बुलेन्स एक र तथा डोजर पाँचवटा दर्ता भएका प्रमुख सिंहले जानकारी दिनुभयो ।

एक महिना अघि सरुवा भएर यहाँ आउनुभएका प्रमुख सिंहले सेवाग्राहीलाई छिटोछरितो कार्यसम्पादन गर्न कार्यालयको शाखामा आन्तरिक सुधारका प्रयास गरिएको बताउनुभयो । कार्यालयले चालक अनुमतिपत्रलगायत विभिन्न शीर्षकबाट गत आर्थिक वर्ष २०८०र८१ मा रु ६३ करोड १५ लाख ३२ हजार राजस्व सङ्कलन गरेको थियो ।

मधेश प्रदेश सरकारअन्तर्गत मधेशका आठ जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा छ । प्रदेशमा सङ्घीयता लागु हुनुअघि तीनवटा जिल्लामा मात्र यातायात व्यवस्था कार्यालय थियो ।