७ कार्तिक २०८१, बुधबार
,
Latest
बसको ठक्करबाट दुईको मृत्यु कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित बयान लम्ब्याउने खोजेको भन्दै रविको असन्तुष्टि ,नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान कर्णाली घोषणापत्रलाई आगामी कोप २९ मा महत्वका साथ उठाइनेछ: वन मन्त्री शाही सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग सूर्यदर्शन सहकारी पीडित भन्छन्ः रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्यो संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रश्ताव पेश हुन्छः महान्यायाधिवक्ता बडाल सरकारको समीक्षा जनताले गर्छन्ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कीर्तिपुर मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणको काम शुरु भएको छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनसुकै कालखण्डमा भएका पनि भ्रष्टाचारमाथि कारवाही हुन्छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गर्नुभएको छ ।

सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारवाही सुरु भएको बताउनुभएको हो ।

“हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।”

उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्नुभयो ।

“भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्दति बसाल्ने हाम्रो प्राथमिकता छ ।”, उहाँले भन्नुभयो, “भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौं ।”