२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई एमाले लतिपुुरको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ ।

सो जिल्ला कमिटीले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाउँदै मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारीरुपमा खोज, उद्धार र राहतका काम गरेको जनाउँदै अबका दिनमाललितपुर जोडिएका राजमार्ग, ठुला सडक, विद्युत र सञ्चारका संरचना पुनःसञ्चालन तथा मर्मतका लागि ध्यान दिन आग्रह गरेको छ ।

सो जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले प्राकृतिक विपद्बाट जिल्लामा ४६ को मृत्यु, पाँच बेपत्ता भएका तथा १८ जना उपचाररत रहेको र २१२ भन्दा बढी परिवार विस्थापित हुन पुगेको जानकारी गराउनुभयो । उहाँले ललितपुरको पुनः निर्माणका लागि कम्तीमा रु तीन अर्ब बजेट विनियोजन गर्न माग गरेको छ ।

ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री ओलीले सरकारले खोज, उद्धार र राहत तथा पुनः व्यवस्थापनका काम प्रभावकारीरुपमा गरिरहेको उल्लेख गर्दै गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावितको दोस्रो किस्ता बाँकी रहेको अवस्थामा वर्तमान सरकारले निकासा दिन थालेको जानकारी दिनुभयो ।

उहाँले हुँदै नभएका कमजोरीलाई पनि कमजोरी देखाएर गलत प्रचार गर्ने शैली हुन नहुनेमा जोड दिनुभयो ।

सो अवसरमा एमाले बागमती प्रदेशका इञ्चार्ज डा राजन भट्टराई, केन्द्रीय सदस्यहरु सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, रुपनारायण श्रेष्ठ, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत सहभागी हुनुहुन्थ्यो ।