७ कार्तिक २०८१, बुधबार
,
Latest
सुस्ताको सास्ती नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग प्रधानमन्त्रीलाई एमाले लतिपुुरको ध्यानाकर्षण एमालेलाई जग्गा र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित ऊर्जामन्त्री दीपक खड्काले सय दिनमा के–कस्ता काम गरे? डेडिकेटेड लाइनको वक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैनः मन्त्री खड्का जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम शुरु गरेको छः मन्त्री ढकाल पहिलो त्रैमासमा कुन बैंकले कति नाफा कमाए ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध



अ+ अ-

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको हो ।

यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय त्रिनिडाडियन क्रिकेटर एन्डरसन फिलिपले वेस्ट इण्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनी फास्ट बलर हुन् । १ सय ४० किलोमिटर प्रतिघण्टा तीव्र गतिको औसतमा बलिङ गर्ने फिलिपले पोखराबाट खेल्न उत्साहित रहेको बताएका छन् ।

एन्डरसन फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताए ।

एनपिएलकै सबै भन्दा मंहगो टिम पोखराले कुशल, एन्डरसन फिलिप, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।

एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।