२२ भाद्र २०८३, सोमबार
,
Latest
काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा छः रक्षामन्त्री राई



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

मंगलवार सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठूलो भुमिका रहेको उल्लेख गर्दै नेपाली सेनालाई अफ्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको बताउनु भयो ।

उहाँले नेपाली सेनालाई विवादित बनाउने काममा सरकार नरहेको बताउनु भयो । उहाँले लिपुलेक क्षेत्रको बाटो (कर्णाली करिडोर)सरकारको उच्च प्राथमिकतामा रहेको र बजेट कम भएका कारण समय भन्दा केही ढिलो भएको बताउनु भयो । उहाँले आगामी बजेटमा धेरै भन्दा धेरै बजेट ल्याएर करिडोर सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठूलो भुमिका छ । अति भरपर्दो हिसावले नै जुनसुकै सरकार आउँदा आज होस्, हिजोको सरकार होस्, अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकार होस् । नेपाली सेनालाई अफ्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको छ ।

नेपाली सेनालाई विवादित हुने काममा, विवादित गराउनुपर्छ भन्ने ध्येय उद्देश्य मेरो आफ्नो पनि छैन र हामी कसैको पनि छैन । लिपुलेक क्षेत्रको बाटो अरुतिर त बाटोको पनि आयो । सबै कुरा आयो । त्यो क्षेत्रको विकास निर्माण, बाटोको कुरा कता के पुग्यो भन्ने छ । त्यो करिडोर महाकाली करिडोर अहिले पनि रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाको जिम्मामा छ ।

बजेटहरु प्रशस्तै नभएका कारण, हाम्रो मुलुकको अर्थतन्त्रको अवस्था, कमजोर अवस्था यि कारणले नै महाकाली करिडोरको जो सडकलाई छिटो भन्दा छिटो हाम्रो नेपालको भूभागतिर, नेपाली जनताहरु जहाँजहाँ हुनुहुन्छ, त्यहाँतिर पु¥याउने कुरा त्यो बाटो बनाउने कुरा ढिलो भएको हो ।

यसमा हाम्रो उच्च प्राथमिकता रहन्छ । सरकारले यो बाटो बनाउने कुरा करिडोर घोषणा गरेर नेपाली सेनाको जिम्मेवारीमा राखेको छ । यो क्रमशः अघि बढ्छ । नेपालको भूगोल जहाँ छ, जहाँ नेपाली जनता छन्, नेपाली जनताको घर छ, त्यहाँ सुविधा पुर्याउने, बाटो बनाउने कुरा हामीले प्रयास गरिरहेका छौँ । आगामी दिनमा बजेट पर्याप्त मागेर काम सम्पन्न गर्नेछौँ ।’

मन्त्री राईले नेपालको भूगोल र नेपाली जनता भएका ठाउँमा सुविधा र सडक पुयाउने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनु भयो ।




भर्खरै