• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

नेपाली फुटबल टोली बंगलादेशमा



काठमाडौं । गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । मैत्रिपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रिपूर्ण खेल खेलेर फर्किने छ । 

लामो समय पछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रिपूर्ण खेलका लागि बंगलादेश जाँदैगर्दा निकै उत्साहीत देखिएको छ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन् । यस्तै अन्य ७ खेलाडीमा कोरोना देखिए पछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेसनमा छन् । नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन । मैत्रिपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य विदाई कार्यक्रम पछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोनाको महामारी पछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताउनुभयो । तर महामारीका बीच सुचारु भएको छोटो अभ्यासले मैत्रिपूर्ण खेल निकै चुनौति पूर्ण भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ ।

यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताउनुभयो । साथै बंगलादेश सँगको मैत्रिपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रिपूर्ण खेलले अनुभव दिने पनि उहाँले बताउनुभयो । नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रिपूर्ण खेलमा सुखद नतिजा निक्लिने खवास विश्वस्त देखिनुहुन्छ ।  

अखिल  नेपाल फुटबल संघ (एन्फा) ले प्रस्थान गर्नु अघि टोलीको कोरोना पिसिआर परिक्षण गरेको थियो । उक्त परिक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बंगलादेशमा एक साता विताएपछि मात्रै मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ ।