• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

भारतीय स्थल सेनाध्यक्ष नरवणे विभिन्न कार्यक्रममा सहभागी, हेरौ तस्विर



काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तानान्तरण गरेका छन् । नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

भारतीय सेनाले कोभिड–१९ महामारीविरुद्धको लडाइमा अझ सघाउ पुर्याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहार स्वरुप प्रदान गरिएको छ । यस अघि गत जुलाईमा नेपाली सेनालाई भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको थियो ।