६ कार्तिक २०८१, मंगलवार
,
Latest
वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै खुर्कोट स्थित सुनकोशी नदीमा वेली वृज जडान: आवागमन सुचारु- फोटो फिचर टिनका टहराबाट मुक्तभए वेदकोटका पौरखी मुक्तकमैया नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने असिनाले धानबाली नष्ट हुँदा कृषक चिन्तित दसैँ–तिहारलाई कोसेली कर्णालीको स्याउ परराष्ट्रमन्त्रीका सय दिनः कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’



अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिंकेनले नेपालका सामाजिक अभियन्ता उर्मिला चौधरीलाई सोमबार वाशिङ्गटन डिसीस्थित स्टेट डिपार्टमेन्टमा ग्लोवल एन्टि रेसिजम च्याम्पियनशीप अवार्डबाट सम्मानित गर्दै । छ वर्षको उमेरमा कमलरीको रुपमा मालिकको घरमा पुग्नु भएकी चौधरी १७ वर्षको उमेरमा पढाई सुरु गर्दै अहिले मानव अधिकारको क्षेत्रमा क्रियाशिल हुनुहन्छ । तस्बिर ः मधुकर अधिकारी, रासस
अ+ अ-

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।

स्टेट डिापर्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी छ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुग्नुभएको थियो । उहाँलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गर्दै आउनुभएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आउनुभएको छ ।

चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायको लागि विभेद र शोषणको लागि काम गर्दै आउनुभएकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

स्टेट डिपार्टमेन्टमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल पनि सहभागी हुनुहुन्थ्यो । अमेरिकाको विदेश मन्त्रालयले गत वर्षदेखि प्रदान गर्दै आएको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुनुहुन्छ । गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गर्नुभएको थियो । रासस