पोखरा । गण्डकी प्रदेशको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।
स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले राजिनामा दिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् ।
योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । पौडेलको आजै शपथ लिने कार्यक्रम रहेको छ । साढे ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ ।