५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
अ+ अ-

म्याग्दी। म्याग्दीमा एक वर्षको अवधिमा १६५ वटा उद्योग–व्यवसाय थपिँदा ८२ वटा बन्द भएका छन् ।

एकीकृत सेवा कार्यालयमा आर्थिक वर्ष २०८२/८३ मा ७० वटा उद्योग र ९५ वटा व्यवसाय दर्ता भएका हुन् । उक्त अवधिमा ४१/४१ वटा उद्योग र व्यवसायको दर्ता खारेजी भएको कार्यालयका प्रमुख शम्शेर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५६१ उद्योग र ४८३ व्यवसाय नवीकरण भएका छन् । हालसम्म म्याग्दीमा तीन हजार ४९० उद्योग र तीन हजार ५५ व्यवसाय दर्ता भएका छन् । उद्योग, व्यवसाय दर्ता नवीकरणबापत गत आवमा रु १९ लाख ३० हजार राजस्व सङ्कलन भएको कार्यालयका अधिकृत पवी थापाले बताउनुभयो ।

अघिल्लो वर्ष रु ३० लाख २५ हजार ७७४ राजस्व सङ्कलन भएको थियो । पछिल्ला केही वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने क्रम बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायी वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो ।

आव २०८१/८२ मा म्याग्दीमा ७० उद्योग र ८५ व्यवसाय दर्ता हुँदा ४२ उद्योग र ४८ वटा व्यावसायिक फर्म बन्द भएका थिए । आव २०८०/८१ मा २११ उद्योग, व्यवसाय दर्ता भएकामा ८४ खारेज भएका थिए । चौध उद्योग र २९ व्यावसायिक फर्म खारेज भएको आव २०७९/८० मा १०१ उद्योग र ११० वटा व्यावसायिक फर्म दर्ता भएका थिए ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले घट्दो जनसङ्ख्या, बसाइँसराइ, वैदेशिक रोजगारी, स्थानीय तहमा मात्र दर्ता गरेर आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर पाइने र कोरोना महामारीपछि आर्थिक मन्दीको असर उद्योग व्यवसाय दर्ता तथा खारेजीमा परेको बताउनुभयो ।

फेन्सी, हार्डवेयर र होटल तथा रेष्टुरेष्टको व्यापार घटे पनि सटर बन्द नभएका तथा पर्यटनमूलक होटल व्यवसाय बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ग्रामीण क्षेत्रका उद्यमी र व्यवसायीले स्थानीय तहमै दर्ता गरेर पान नम्बर लिन पाउने व्यवस्था भएपछि प्रदेश सरकारअन्तर्गतको पर्यटन तथा उद्योग कार्यालयमा दर्ता नगर्ने तथा खारेज गर्न थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस