७ पुष २०८२, सोमबार
,
Latest
एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो



अ+ अ-

जलेश्वर, (महोत्तरी) । महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा आइतबार राति चन्द्रमासँगै पतिको पूजा गर्दै मिथिलानीहरुले करबाचौथ पर्व मनाएका छन् ।

मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात मिथिलानीहरुले राति पतिको दीर्घायुको कामना गर्दै करबाचौथ पर्व मनाएको महोत्तरीको सदरमुकाम जलेश्वर–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पूजारी पण्डित उपेन्द्र पाठकले बताउनुभयो ।

मिथिलानीहरुले आइतबार दिनभरि उपवास गरेर राति चन्द्रमा उदाएपछि पूजा अर्चना र दर्शनपछि पतिको पूजा अर्चना र दर्शन गरी पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गरेका हुन् । पतिलाई प्रसाद र पकवानहरु खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गरेको जलेश्वर–८ का पण्डित बद्रीनारायण झाले बताउनुभयो ।

यस पर्वमा चन्द्रमाको पूजा गरिने तथा चन्द्रमाकै रुपमा आआफ्ना पतिलाई पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घ आयुको कामना गर्ने चलन रहेको जलेश्वर–२ की व्रतालु रानी साहले बताउनुभयो । यस पर्वमा मिथिलानीहरु राति रङ्गीचङ्गी नयाँ नयाँ बस्त्र, चुरा, पोते, विभिन्न गर गहना, सिउँदोमा सिन्दुरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्ना (जालीसहितको आँटा छान्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमाको दर्शन गर्छन् । चन्द्रमाको दर्शन गरेपछि पुन: सोही चाल्नामा चन्द्रमाको ठाउँमा आआफ्ना पतिलाई उभ्याएर पतिको दर्शन र पूजा अर्चना गर्ने जलेश्वर–२ कै अर्का व्रतालु महिला रुना चौधरीले बतनाउनुभयो ।

करबाचौथ पर्व मधेसको महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा, सप्तरी, मोरङ र भारतको बिहार राज्यको मधुबनी, सीतामढी, मुजफ्फरपुर, पटना, दरभङ्गालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाइन्छ  । रासस