२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा शुरु

सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा शुरु
फाईल फोटो
अ अ+ अ-

बैतडी । कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर बैतडीमा पनि कक्षा ११ को परीक्षा शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा शुरु गरिएको हो । आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयपछि विद्यालयले परीक्षा सञ्चालन गर्न थालेका हुन् ।

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको सेटीगाउँ मावि ककरपाखाका प्रधानाध्यापक परमानन्द जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरेका हौँ”, परीक्षा दिन विद्यालयमा पुगेका विद्यार्थीलाई स्वास्थ्य तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरेर परीक्षा हलमा प्रवेश गराइन थालिएको हो ।

वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार विद्यालयले कक्षा ११ को परीक्षा शुरु गरेको जनाएका छन् । बैतडीमा ५९ विद्यालयका विद्यार्थी परीक्षा दिने तयारीमा छन् । केही विद्यालयमा परीक्षा शुरु भइसकेको जानकारी आएको छ भने केही विद्यालय परीक्षाको तयारीमा रहेको जानकारी आएको शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डले मङ्सीर १२ गतेभित्र सबै विद्यालयलाई कक्षा ११ परीक्षा गरिसक्न निर्देशन दिएको छ । बैतडीमा तीन हजार ६५५ जना कक्षा ११ का परीक्षार्थी रहेका एकाइले जनाएको छ ।

कोभिड अस्पताल सञ्चालनमा ढिलाइ 

कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन बढिरहेका भए पनि बैतडीका नौ वटा स्थानीय तहमा सञ्चालनमा आउने भनेका अस्थायी कोभिड अस्पताल सञ्चालनमा ढिलाइ भएको छ ।  आवश्यक चिकित्सक र प्रक्रियामा ढिलाइ हुँदा सञ्चालनमा आउन सकेका छैनन् । 

स्थानीय तहले अस्थायी कोभिड अस्पतालका सञ्चालनका लागि प्रक्रिया शुरु गरेका भए पनि सञ्चालनमा आउन केही दिन लाग्ने बताइएको छ । सङ्घीय सरकारले अस्पताल नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट पठाइसकेको छ । जिल्लाका नौ स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माणका लागि सङ्घीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि १० लाखका दरले बजेट पठाइएको छ । बैतडीमा दशरथचन्द नगरपालिका बाहेकका सबै स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

ती अस्पतालमा एक चिकित्सक, दूई स्टाफ नर्स र एक जना कार्यालयको सहयोगीको दरबन्दी भए पनि चिकित्सक भने पाइएका छैनन् । धेरैजसो स्थानीय तहले दोस्रो पटकसम्म आवेदन खुला गर्दासमेत चिकित्सक नपाएको बताएका छन् । अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि दुईपटक चिकित्सकको लागि आवेदन खोलेको भए पनि कसैको आवेदन नपरेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो ।