३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ । 

राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण शुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उहाँले उल्लेख गर्नुभयो । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षण विहीन अवस्थामा छन् । आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने छन् । 

हाल क्रिकेट खेलाडी काठमाडौँ तथा कतिपय उपत्यका बाहिर रहेका छन् । प्रशिक्षण अघि सबै खेलाडीको स्वाब परीक्षण गरिने त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने क्यान अध्यक्ष चन्दले बताउनुभयो । खेलाडी र प्रशिक्षकलाई आवश्यक परेको खण्डमा होटल तथा गेष्ट हाउसमा राख्न सकिने उहाँको भनाइ छ । यस अघि क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण भदौ १ गतेदेखि थाल्ने योजना बनाएको थियो । कोरोना महामारी बढ्दै गएपछि प्रशिक्षण स्थगन गर्नुपरेको थियो । प्रशिक्षणका लागि क्यानले २४ भन्दा बढी खेलाडीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । खेलाडी सहभागिताको निर्णय प्राविधिक समितिले गर्नेछ ।