२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो



अ+ अ-

काठमाडौं । अमेरिकालाई हराउँदै नेपालले टी–२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ ।

नेपालले रोमाञ्चक खेल सुपर ओभरमा जितेको हो । योसँगै नेपालले अमरिकाविरुद्धको सिरिज आफ्नो पोल्पामा पारेको हो ।

सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो ।

नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो ।

उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । सिरिजको अन्तिम खेल भोलि हुने छ ।