४ कार्तिक २०८१, आईतवार
,
Latest
न्युजिल्यान्डले भारतलाई घरेलु मैदानमा हरायो सरकारले सय दिनमा सम्पन्न गर्‍यो २६ वटा प्रशासकीय भवन, ४० वटा झोलुंगे पुल खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला पोखरामा निषेधित क्षेत्रमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ : प्रधानमन्त्री कास्कीको शहीद चोक र गैह्रापाटन आसपास क्षेत्रमा निषेधाज्ञा यस्तो छ ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर बिसन्चो भएको भन्दै अस्पताल भर्ना भए छविलाल जोशी रवि लामिछानेलाई म्याद थपका अदालत लगिँदै,पोखराको सुरक्षा व्यवस्था कडा प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट,आर्थिक विकासमा निरन्तर सहयोगको अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–अमेरिका टी-२० सिरिज : नेपाल पहिले ब्याटिङमा



अ+ अ-

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत अहिले दोस्रो खेल खेलिरहेको छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएकाे छ ।

तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल अहिले बिहान ५:४५ बजे सुरु भएको हो । नेपालले पहिले ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा अनुपस्थित रहेका सन्दीप लामिछाने आजको खेलमा भने समावेश छन् ।

यसअघि पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । यस्तै ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरी २८, गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रन बनाए । बलिङतर्फ अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले दुई दुई विकेट लिए ।

नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए । यस्तै, अन्द्रेस गौसले ३०, मलिन्द कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले तीन तथा रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले एक एक विकेट लिए ।