२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते



अ+ अ-

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो ।

अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ । घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्याइएको छ ।

क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।