३ कार्तिक २०८१, शनिबार
,
Latest
रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्न सक्दैन: विप्लव माओवादी पार्टीहरुलाई एकतावद्ध गराएर २०६४ मा फर्काउँछौं: अध्यक्ष दाहाल एकीकृत समाजवादी एमालेसँग एकीकरण गर्नुपर्छ: नेता मिश्र चाडपर्वका बेला पनि विदेशिने क्रम घटेन जुम्लाका किसान मार्सीधान थन्क्याउन व्यस्त कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी: जनार्दन शर्मा रविलाई पक्राउ गर्न नहुने भन्दै वीरगञ्जमा पार्टी समर्थकको प्रदर्शन संगठित अपाराध गर्नेहरु वर्तमान मन्त्रीपरिषद्मा रहेको स्वर्णिम वाग्लेको आरोप सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी न्यायालयप्रति विश्वास छ, सघाउँछौँ-उपसभापति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालियो



अ+ अ-

काठमाडौँ । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरुले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् ।

पछिल्लो समय युवाहरुमा मिथिलाको मुख्य पोशाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरुले जनकपुरधाममा धोर्तीकुर्ता तथा सारी जुलुस निकालेका हुन् ।

धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवा÷युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन् । मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुरले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले आफूहरुले जुलुस निकालेको जुलुसमा सहभागी सुमित जलानले बताउनु भयो ।

उहाँले यसलाई अभियानकै रुपमा आफूहरुले अगाडी बढाएको बताउनु भयो । यता धोर्तीकुर्ता तथा सारी जुलुस अभियानको अगुवाई गरिरहनुभएका मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आइरहेको र यो अभियान यस पटक प्रत्यक छठ घाटमा लैजाने अभियान रहेको बताउनु भयो ।

उहाँले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल गर्नुभयो ।

युवतीहरुमा सारीप्रति आकर्षण रहेपनि सारी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुसमा सहभागी विनिता महतोले दुःख व्यक्त गर्नुभयो ।

उहाँले युवतीहरुलाई पुर्खाले जसरी सारी लगाउन आग्रह समेत गर्नुभयो ।