२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल बेटिसमाथी बार्सिलोनाको जित



अ+ अ-

बार्सिलोना । लियोनल मेसीले बेन्चबाट आउँदै दुई गोल गरेपछि बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा रियल बेटिसलाई ५–२ ले हराएको छ । यससँगै लिगमा बार्सिलोनाको चार खेलको जितविहीन यात्रा पनि टुंगिएको छ ।

क्याटलान क्लबका लागि एन्टोन ग्रिजमन, पेड्री र ओसमन डेम्बेलेले पनि गोल गरे । बेटिसका तर्फबाट भने एन्टोनियो सानाब्रिआ र लोरेन मोरोनले गोल गरे । खेलको अन्त्यतिर बेटिस १० खेलाडीमा सीमित रहेको थियो । बेटिसका एसा मान्डीले रातो कार्ड पाए ।

यो जितपछि बार्सिलोनाको सात खेलबाट ११ अंक भएका छ र आठौं स्थानमा उक्लेको छ । एटलेटिको म्याड्रिड १७ अंकसहित शीर्ष स्थानमा छ । एटलेटिकोले अर्को खेलमा कार्डिजलाई ४–० ले हरायो ।