३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल बेटिसमाथी बार्सिलोनाको जित



अ+ अ-

बार्सिलोना । लियोनल मेसीले बेन्चबाट आउँदै दुई गोल गरेपछि बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा रियल बेटिसलाई ५–२ ले हराएको छ । यससँगै लिगमा बार्सिलोनाको चार खेलको जितविहीन यात्रा पनि टुंगिएको छ ।

क्याटलान क्लबका लागि एन्टोन ग्रिजमन, पेड्री र ओसमन डेम्बेलेले पनि गोल गरे । बेटिसका तर्फबाट भने एन्टोनियो सानाब्रिआ र लोरेन मोरोनले गोल गरे । खेलको अन्त्यतिर बेटिस १० खेलाडीमा सीमित रहेको थियो । बेटिसका एसा मान्डीले रातो कार्ड पाए ।

यो जितपछि बार्सिलोनाको सात खेलबाट ११ अंक भएका छ र आठौं स्थानमा उक्लेको छ । एटलेटिको म्याड्रिड १७ अंकसहित शीर्ष स्थानमा छ । एटलेटिकोले अर्को खेलमा कार्डिजलाई ४–० ले हरायो ।