३० जेष्ठ २०८३, शनिबार
,
Latest
भेरी अस्पतालको एनआईसीयू  शय्या विस्तार गरिँदै डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा ! अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र कोरियाली दूतावासद्वारा ‘के–कल्चर’ कार्यक्रम आयोजना



अ+ अ-

काठमाडौँ । गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा कोरियाबाट आएको कुक्किवन तेक्वान्दो डेमोस्ट्रेसन टोलीद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रस्तुति दिइएको थियो ।

टोलीले गणतन्त्र कोरियाली संस्कृति र तेक्वान्दोलाई प्रवर्द्धन गर्दै नागरिक कूटनीतिज्ञको भूमिकामा विश्वभरका एक सय ५० भन्दा बढी देशको भ्रमण गरिसकेको नेपालस्थित कोरियाली दूतावासले जनाएको छ । नेपाल आएका कुक्किवन तेक्वान्दो प्रदर्शन टोलीले सन् १९७४ देखि नै कोरियाको राष्ट्रिय मार्सल आर्ट तथा उन्नत प्रविधि र सीपलाई तेक्वान्दोको कलात्मक प्रदर्शनमार्फत आफ्नो प्रस्तुति दिँदै आएको छ ।

यसअघि काठमाडौँमा रहेका कोरियाली भोजनालय सञ्चालन एशोसिएशनका तर्फबाट केरियाली खानाका कक्षहरू तथा कोरियाली परम्परागत खेलको प्रस्तुति पनि गरिएको थियो । सो अवसरमा नेपालमा सन् २०२४ का के–पप विजेता टोलीले आफ्नो के–पप नृत्य प्रस्तुत गरेको थियो ।

समारोहमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा दूतावासले सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । उहाँले पारस्परिक सहयोगका आधारमा विभिन्न कार्यक्रम गरेर दुई देशबीचको घनिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपाल र कोरियाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको स्मरण गर्नुभयो ।

कार्यक्रममा काठमाडौँस्थित कोरियाली समुदाय, उच्चस्तरीय सरकारी अधिकारी, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा ‘कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसीप’ आयोजना हुनेछ । शुक्रबार हुने उद्घाटन समारोहमा दक्षिण कोरियास्थित विश्व तेक्वान्दो मुख्यालयको डेमोस्ट्रेसन टोलीले विशेष कौशल प्रदर्शन गर्ने दूतावासले जनाएको छ ।