२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

कोरोनाले मादलको व्यापार चौपट

कोरोनाले मादलको व्यापार चौपट
अ अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहल पहल हुन्थ्यो । साथीभाई जमघट भएर यतिबेला देउसी भैलो खेल्ने तयारीमा हुन्थ्ये । तर यो वर्ष अवस्था फरक छ । कोरोना संक्रमणको जोखिमले अहिले समूहमा खेल्ने, बस्ने अवस्था छैन् । तिहारको समयमा देउसी भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय पनि चौपट बनेको छ । 

कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउँसी, भैलो खेल्ने अवस्था छैन् । जसको असर मादल व्यवसायमा पनि परेको छ । पोहोर वर्षहरुमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु व्यापार नै शुन्य भएपछि अहिले फुर्सदमा छन् । त्यसो त अहिले ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन पनि कम हुँदै गएको छ । यद्यपी बसन्तपुर क्षेत्रमा मादलको व्यवसाय गर्दै आएका व्यवसायी रिबो बहादुर कुलु गत वर्षहरुमा ७ सय बढी मादल विक्ने गरेकोमा यो वर्ष ब्यापार निकै कम भएको बताउनुहुन्छ । कोरोना संक्रमणको कारण देउसी खेल्ने अवस्था नभएकाले व्यापार नै ठप्प रहेको उहाँले बताउनुभयो । बजार नभएपनि मूल्यमा भने कुनै परिवर्तन नभएको व्यवसायी कुलुले बताउनुभयो । विगत वर्षहरु जस्तै १३ सय रुपैयाँदेखि सुरु भएर मादलको गुणस्तर अनुसार ८, १० हजारसम्मका मादल पाइने उहाँले बताउनुभयो ।

यो वर्ष कोरोना महामारीले व्यवसाय चौपट भएको बाहाना गर्न पाइने अवस्था भएपनि प्रविधिले भने मौलिक संस्कृतिमाथि नै धावा बोलिरहेको छ । डिजिटल गीत सङ्गीतको कारणले मादल बजाउने परम्परा नै सङ्कटमा पर्न थालेको छ । केही वर्षपहिलेसम्म जोर मादल बजाएर आँगनमा देउसी खेल्ने गरेको देखिन्थ्यो तर अहिले समय पनि फेरिएको छ । मादल भन्दा क्यासेट बजाएर देउसी खेल्ने चलनले युवापुस्ता माझ प्राथमिकता पाएको छ । जसका कारण पनि मादलको विक्रि वितरण कम हुँदै गएको छ । युवा पुस्ताबाट आफ्नो मौलिक संस्कृति जगेर्ना हुन नसक्दा व्यापार व्यवसायमा असर त पर्छ नै हाम्रो सभ्यता नै लोप हुने खतरा हुन्छ ।