• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

आयुशलाई स्वर्ण



काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुश ढुंगेलले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
आयुशले यु–१४ पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । 

ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको प्रतियोगितामा आयुशले खेलेको स्पर्धामा विभिन्न राष्ट्रका ३८ खेलाडीले सहभागिता जनाएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । ब्राजिल दोश्रो तथा युरोग्वे र अर्जेन्टिना तेश्रो भए ।

कोरोना भाइरस (कोभिड– १९)को अवधिमा भएका विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आयुशले जितेको यो छैटौं पदक हो । यसअघि आयुशले अमेरिकामा भएको प्रतियोगितामा रजत तथा मलेसिया र थाइल्यान्डमा भएका प्रतियोगितामा स्वर्ण जितेका थिए । घरेलु प्रतियोगिताअन्तर्गत कागेश्वरी र काठमाडौं भर्चुअल प्रतियोगितामा स्वर्ण हात पारेका थिए ।

प्रतियोगितामा आयुशसहित सुदेशना गुरुङ, प्रगति कुइकेल र शान्ति राई पनि सहभागी छन् । बाँकीको खेलको नतिजा सोमबार आउने बताइएको छ । प्रतियोगितामा एनटीएका अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।