२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे



अ+ अ-

काठमाडौँ । निर्माता/निर्देशक निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले आफ्नो चलचित्र भोलि (बिहीबार) बाट हलमा नलगाउने निर्णय गरेको जानकारी गराएका हुन् ।

‘भोलि (अक्टोबर १७) बाट हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौँ,’ बस्नेतले भनेका छन् ।

साथै, उनले ओटीपीको समस्या समाधान गर्दै चाँडै एमएसएम भिडिओमार्फत भेट हुने पनि जानकारी गराएका छन् ।

निश्चलले दर्शकलाई आफ्नो चलचित्र हेर्नका लागि एप डाउनलोड गर्न समेत आग्रह गरेका छन् । उनका अनुसार, अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा चलचित्र उपलब्ध हुनेछैन ।

उत्साहजनक शोसहित घटनास्थापनाको दिनबाट फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको थियो । चलचित्रले पहिलो सातामा फिल्म उत्साहजनक व्यापार गर्न सफल भयो ।

‘बेहुली फ्रम मेघौली’को राम्रो अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले शो घटाएको भन्दै निर्माता निश्चल बस्नेतले सोमबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका हुन् ।

राम्रो व्यापार गरे पनि अस्वाभाविक रूपमा सो घटाउँदा हलको विकल्प खोज्ने निश्चलले यसअघि नै बताएका थिए ।

फिल्ममा निश्चल र स्वस्तिमासहित बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतको अभिनय छ ।

फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ ।




भर्खरै