९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैवको अस्त्र कोरोना



अ+ अ-

आफू उम्रिएर हुर्किएको माटोलाई 
दर्केको झरीमा ओत दिन्छ  
त प्रचण्ड घाममा छहारी  
किनकी
त्यो रूखलाई थाहा छ 
एकदिन ढलेर 
त्यही माटोमा 
लम्पसार पर्नुछ भनेर । 

तर फरक छ मानव चोला
सर्वश्रेष्ठ प्राणी 
कष्टकर जीवन 
चेतनशील छ मानव
त्यसैले त भौँतारिन्छ
उज्जल भविष्य खोज्दै 
बिदेसिन्छ
रोजगारीका लागि
बिरानो भूमिमा 
दिनरात पसिना चुहाउँछ
पलपल चुहाएको पसिनासँग
डलर साट्छ 
आफ्ना लालाबालाको लागि  खुसी किन्छ 
 जुन खुसीले उसको शरीरमा ऊर्जा थपिन्छ
जाँगर र उत्साह बड्दै जान्छ ।

तर अचानक,
दैवको कुदृष्टि लाग्छ 
हरेक दिन र रातको 
शु्ल्क तिर्दै छट्पटाएको 
परदेशको अस्पतालको
भेन्टीलेटरभित्र प्याकप्याक गर्दै 
तिनै लालाबालाको स्पर्शको 
अपुरो चाहना साँच्दै,
आफू जन्मेको माटोको स्पर्शको
चाहाना साँच्दै 
एक मुठी प्राण त्यागीदिन्छ 
त्यही बिरानो ठाउँको 
अस्पतालको बेडमा
अनि फ्याँकिन्छ
कोरोना सङ्क्रमित लासहररूको कन्टेनरमा 
न मलामी, न चिता, न अन्त्येष्टि ।