३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलमाथी एस्टन भिल्लाको शानदार जित



अ+ अ-

लन्डन । आइतबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले आर्सनललाई ३–० ले हराएको छ । एस्टन भिल्लाले आर्सनललाई उसकै घरेलु मैदानमा हराएको हो । भिल्लाका लागि ओली वाटकिन्सले दुई गोल गरेका थिए।

आर्सनल बुकायो साकाको आत्मघाती गोलले पछाडि परेपछि वाटकिन्सले दुई गोल थपेका हुन् । लिगमा प्रभावशाली सुरुआत लिएको भिल्ला पछिल्ला दुई खेलमा लिड्स युनाइटेड र साउथह्याम्पटनसँग पराजित रहेको थियो । अहिले आर्सनललाई हराएरपछि उसको १५ अंक भएको छ ।

लिग तालिकामा लेस्टर सिटी १८ अंकसहित शीर्ष स्थानमा छ । उसले उल्भ्सलाई १–० ले हराएको थियो । लिभरपुल र म्यानचेस्टर सिटीबीचको अर्को खेल १–१ को बराबरीमा टुंगिएपछि लेस्टरको शीर्ष स्थान कायम रहेको हो ।