२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलमाथी एस्टन भिल्लाको शानदार जित



अ+ अ-

लन्डन । आइतबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले आर्सनललाई ३–० ले हराएको छ । एस्टन भिल्लाले आर्सनललाई उसकै घरेलु मैदानमा हराएको हो । भिल्लाका लागि ओली वाटकिन्सले दुई गोल गरेका थिए।

आर्सनल बुकायो साकाको आत्मघाती गोलले पछाडि परेपछि वाटकिन्सले दुई गोल थपेका हुन् । लिगमा प्रभावशाली सुरुआत लिएको भिल्ला पछिल्ला दुई खेलमा लिड्स युनाइटेड र साउथह्याम्पटनसँग पराजित रहेको थियो । अहिले आर्सनललाई हराएरपछि उसको १५ अंक भएको छ ।

लिग तालिकामा लेस्टर सिटी १८ अंकसहित शीर्ष स्थानमा छ । उसले उल्भ्सलाई १–० ले हराएको थियो । लिभरपुल र म्यानचेस्टर सिटीबीचको अर्को खेल १–१ को बराबरीमा टुंगिएपछि लेस्टरको शीर्ष स्थान कायम रहेको हो ।