३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी ला लिगा: भ्यालेन्सियासंग रियल म्याड्रिडको स्तब्धपूर्ण हार



अ+ अ-

म्याड्रिड । स्पेनी ला लिगामा आइतबार भएको खेलमा भ्यालेन्सियासंग रियल म्याड्रिडले स्तब्धपूर्ण ४–१ को हार बेहोरेको छ । भ्यालेन्सियाका फरवार्ड कार्लोस सोलेरले तीन पटक पाएको पेनाल्टीमार्फत ह्याट्रिक गरेका थिए । खेल सुरु भएको २३ औं मिनेटमा रियलका लागि करिम बेन्जेमाले पहिलो गोल गर्दै खेललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको जवाफमा सोलेरले पहिलो गोल गरेयता राफेल भारानेले आत्मघाती गोल गरे । त्यसपछि सोलेरले दुई गोल थपे । सन् २०१८ मा बार्सिलोनासँग ५–१ ले हारेयता रियलको यो सबैभन्दा खराब पराजय हो ।

यो खेलपछि रियल आठ खेलबाट १६ अंकमा चौथो स्थानमा रह्यो । रियल सोसिडाड भने २० अंकसहित शीर्ष स्थानमा छ । सोसिडाडले अर्को खेलमा ग्रेनेडालाई २–० ले हराएको थियो ।