• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

स्पेनी ला लिगा: भ्यालेन्सियासंग रियल म्याड्रिडको स्तब्धपूर्ण हार



म्याड्रिड । स्पेनी ला लिगामा आइतबार भएको खेलमा भ्यालेन्सियासंग रियल म्याड्रिडले स्तब्धपूर्ण ४–१ को हार बेहोरेको छ । भ्यालेन्सियाका फरवार्ड कार्लोस सोलेरले तीन पटक पाएको पेनाल्टीमार्फत ह्याट्रिक गरेका थिए । खेल सुरु भएको २३ औं मिनेटमा रियलका लागि करिम बेन्जेमाले पहिलो गोल गर्दै खेललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको जवाफमा सोलेरले पहिलो गोल गरेयता राफेल भारानेले आत्मघाती गोल गरे । त्यसपछि सोलेरले दुई गोल थपे । सन् २०१८ मा बार्सिलोनासँग ५–१ ले हारेयता रियलको यो सबैभन्दा खराब पराजय हो ।

यो खेलपछि रियल आठ खेलबाट १६ अंकमा चौथो स्थानमा रह्यो । रियल सोसिडाड भने २० अंकसहित शीर्ष स्थानमा छ । सोसिडाडले अर्को खेलमा ग्रेनेडालाई २–० ले हराएको थियो ।