१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोला न छटाकको पाँच उपियाँको गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्न तम्तयार छौँ– गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौँ । गठबन्धन सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गर्ने तयारी गरिरहेका बेला नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आम निर्वाचनका लागि आफूहरु तीव्र प्रतीक्षामा रहेको बताएका छन् । 

उनले पाँच दलीय गठबन्धनको सरकारलाई पाँच उपियाँको गठबन्धनको सङ्ज्ञा दिँदै तोला न छटाकको उपियाँको गठनबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्न तम्तयार रहेको बताएका छन् ।

आफ्नो फेसबुक पेजमा अहिलेको गठबन्धन सरकारलाई पूर्व देखाएर पश्चिम हान्ने र चिल आयो भनेर कुखुरा तान्ने कम्फरटेबल पार्टनरवाला सरकारले आम चुनाव घोषणा गरे एमालेले तीव्र प्रतीक्षासहित स्वागत गर्ने बताएका छन् ।

उनले भनेका छन्, “फेरि भन्छु– पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौँ।”