१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोला न छटाकको पाँच उपियाँको गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्न तम्तयार छौँ– गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौँ । गठबन्धन सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गर्ने तयारी गरिरहेका बेला नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आम निर्वाचनका लागि आफूहरु तीव्र प्रतीक्षामा रहेको बताएका छन् । 

उनले पाँच दलीय गठबन्धनको सरकारलाई पाँच उपियाँको गठबन्धनको सङ्ज्ञा दिँदै तोला न छटाकको उपियाँको गठनबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्न तम्तयार रहेको बताएका छन् ।

आफ्नो फेसबुक पेजमा अहिलेको गठबन्धन सरकारलाई पूर्व देखाएर पश्चिम हान्ने र चिल आयो भनेर कुखुरा तान्ने कम्फरटेबल पार्टनरवाला सरकारले आम चुनाव घोषणा गरे एमालेले तीव्र प्रतीक्षासहित स्वागत गर्ने बताएका छन् ।

उनले भनेका छन्, “फेरि भन्छु– पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौँ।”