१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिका मन्दिरमा चार लाख दर्शनार्थी



अ+ अ-

गलकोट । यहाँको बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले दर्शन तथा पूजाअर्चना गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

पछिल्लो समय कालिका मन्दिरको प्रचारसँगै दसैँमा घुम्न निस्कने धार्मिक पर्यटकहरुले कालिका मन्दिरको दर्शन गरेका हुन् । गत चैते दसैँदेखि यस मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या अभिलेख गर्न थालिएको छ । कालिका मन्दिरमा दसैँ र चैते दसैँमा बढी दर्शनार्थीहरु आउने गरेका छन् ।

बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटकसमेत कालिका मन्दिरमा आउन थालेपछि दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको हो ।

मन्दिरमा बलि दिने परम्परा बिस्तारै घटे पनि नरिवल चढाउने र दान गर्ने परम्परा बढेको छ । तीन सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भए पनि पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका कारण दर्शनार्थीको सङ्ख्या बढेको हो ।