२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहास रच्ने लक्ष्य सहित दिल्ली साबिक विजेता मुम्बईको सामना गर्दै



अ+ अ-

काठमाडौं । पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट फाइनल पुगेको दिल्ली क्यापिटल्स सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्ससंग उपाधिका लागि भिड्ने भएको छ । आईपीएलको १३ औं संस्करणको फाइनल आज नेपाली समयअनुसार राति पौने ८ बजे युएईको दुबई हुनेछ।  

दिल्ली क्यापिटल्स १३ औं संस्करणमा फाइनल पुग्दै इतिहास रचेपनि सविक विजेतासमेत रहेको मुम्बईलाई हराउदै उपाधि जित्दै अर्को इतिहास रच्ने दाउमा रहेपनि सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बईलाई हराउनु दिल्लीका लागि सजिलो भने पक्कै छैन ।

मुम्बईसंग लिग चरणका दुई खेल र पहिलो क्वालिफायरमा पराजित भएको दिल्लीलाई तीन हारको बदला लिनुपर्नेछ । दिल्लीका लागि त्यो अवसर पनि रहेको छ ।

लिग सुरु हुनुअघि नै मुम्बई र दिल्लीलाई उपाधिको दाबेदार टिमहरुको रुपमा थियो । लिगमा पहिलो र दोस्रो भएको टिम नै फाइनल पुगेपछि फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले फाइनल पुग्दासम्म ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित प्रदर्शन गर्दै आइरहेको छ । उता युवा कप्तान श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली योङ टिमको रुपमा परिचित छ ।