४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कोरोना खोप तयार, कहिलेबाट आउन्छ बजारमा ?

कोरोना खोप तयार, कहिलेबाट आउन्छ बजारमा ?
अ+ अ-

लन्डन । बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्। 

उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले तयार पारेका खोप ६ देशका ४३ हजार ५ सय जनामा परीक्षण गरिएको थियो। त्यसले प्रभावकारी काम गरेको थियो। सुरक्षासम्बन्धी कुनै किसिमको समस्या आएको थिएन। ती कम्पनी सक्दो छिटो खोपलाई विश्व बजारमा पुर्‍याउन चाहन्छन्। त्यसका लागि यो महिना ९नोभेम्बर० अन्त्यसम्म यसको प्रयोगका लागि आवश्यक अनुमति पाउन आवेदन दिने योजना बनाएका छन्।

यो खबरसँगै विभिन्न प्रतिक्रिया आएका छन्। केहीले यो सुनेपछि आफू प्रसन्न भएको बताएका छन्। केहीले आगामी वसन्त ऋतुसम्म विश्वको जनजीवन सामान्य भइसक्ने आशा व्यक्त गरेका छन्। विभिन्न देशले कोरोना भाइरसविरुद्ध खोप निर्माण गरिरहेको बताएका छन्। तीमध्ये करिब दर्जन खोप तेस्रो चरणको परीक्षणको अन्तिम अवस्थामा छन्। तीमध्ये अहिले घोषणा गरिएको खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो हो।

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रक्रिया अपनाएको छ। यसले रोगप्रतिरोधी क्षमता बढाएर कोरोना भाइरसविरुद्ध लड्न मद्दत गर्छ। त्यसका लागि उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुईमार्फत शरीरमा प्रवेश गराइन्छ। 

उक्त खोपले एन्टिबडी र टि–सेल बनाउन सहयोग गर्छ। तीन साताभित्र उक्त खोप दुई मात्रा लगाउनुपर्छ। यो खोप अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा परीक्षण गरिएको थियो। यसको दोस्रो मात्रा दिइएको सात दिनपछि ९० प्रतिशतलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो। 

खोप उत्पादक कम्पनी फाइजरले यो वर्षको अन्त्यसम्म ५ करोड मात्रा आपूर्ति गर्न सक्नेछ। सन् २०२१ को अन्त्यसम्म १ अर्ब ३० करोड मात्रा उत्पादन र वितरण गर्न सक्ने उक्त कम्पनीले जनाएको छ। बेलायतले यस वर्षको अन्त्यसम्म उक्त खोपको एक करोड मात्रा प्राप्त गर्न सक्नेछ। थप तीन करोड मात्राका लागि खरिद आदेश दिइसकिएको छ। 

उक्त खोपलाई माइनस असी डिग्री सेल्सियसको अति चिसो तापक्रममा सुरक्षित राख्नुपर्ने भएकाले व्यवस्थापनगत चुनौतीहरू ठूलै छन्। फाइजरका अध्यक्ष डा अल्बर्ट बुर्लाले भनेका छन्, ‘विश्वव्यापी महामारी अन्त्य गर्न हामी उल्लेखनीय सफलतासम्म पुगेका छौं।’ बायोएनटेकका संस्थापकमध्ये प्रा। उगुर साहिनले यो नतिजालाई ‘कोसेढुंगा’ भनेका छन्।

(बीबीसीबाट)