२५ आश्विन २०८१, शुक्रबार
,
Latest
संस्कृति जोगाउन पिर्के पिङको संरक्षण दसैँ मान्न तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए राजनीतिक दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छ: शंकर पोखरेल तराईको ताइचिनले बिस्थापित हुँदै भक्तपुरे ताइचिन चिउरा नेपाल फर्किए सन्दीप, अमेरिकाको भिसाका लागि प्रयास गर्ने इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा काभ्रेमा सुख्खा पहिरोले बस र सुमो पुरियो, बीपी राजमार्ग पुन: अवरूद्ध एमाले मुख्यालय बनाउन भाटभटेनी प्रमुख मिनबहादुरबाट जग्गा प्रदान ,प्रधानमन्त्री ओलीद्वारा शिलान्यास विपद्मा काभ्रे: अधिक मानवीय तथा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्दी हिमालमा सुदीपको शालिक



अ+ अ-

कास्की । यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ । सोही पदमार्गको बादलडाँडामा पार्कसहित उहाँको शालिक निर्माण गरिएको हो ।

तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयासले नै मर्दी हिमाल पदयात्रा विश्वमाझ प्रख्यात बनेकाले उहाँको शालिक निर्माण गरिएको माछापुच्छे« गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो । गौतमको विसं २०७९ असोज १४ गते बादलडाँडामै भिरबाट लडेर ३५ वर्षको उमेरमा निधन भएको थियो ।

माछापुच्छ«े गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकी प्रदेश, मर्दी हिमाल पर्यटन होटल व्यवसाय व्यवस्थापन समिति र नेपाल पर्यटन बोर्डले पार्कसहित शालिक निर्माण गरेका हुन् ।

सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नुपूर्व ‘हाइक्याम्प’मा मात्र नभइ मर्दी पदयात्रा मार्गका फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, डुँडखर्कलगायतका कुनै पनि स्थानमा होटेल थिएनन् । पदयात्रामा डेढ दशकअघिसम्म केबल भैँसीगोठ मात्रै रहेका अवस्थामा क्याम्पिङका भरमा रात कटाउनुपर्ने बाध्यता गौतमकै प्रेरणासँगै बनेका होटेललगायतका पर्यटन पूर्वाधार बनेपछि अन्त्य भएको जनाइएको छ ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मर्दी हिमाल पदमार्ग विकास र विश्वमा परिचित गराउन सुदीपले धेरै मेहनत गरेको बताउनुभयो । “मर्दी पदयात्राले आज जुन चर्चा र लोकप्रियता पाएको छ । यसमा मुख्य देन सुदीपको रहेको छ । छोटो समय बाँचेर पनि उहाँले पर्यटनमा धेरै कुरा दिनुभएको छ”, उहाँले भन्नुभयो ।

माछापुच्छे« गाउँपालिका अध्यक्ष गुरुङले मर्दी पदमार्गलाई अहिलेको अवस्थासम्म ल्याउन गौतमको ठूलो भूमिका रहेको बताउनुभयो । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले सुदीपको सपना मर्दीलाई विश्वभर चिनाउने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने रहेको र उहाँ मरेर गए पनि इच्छा साकार हँुदै आएको बताउनुभयो ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ«े गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ । माछापुच्छे«कै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुग्ने गरिएको छ ।