२० फाल्गुन २०८१, मंगलवार
March 4, 2025 Tuesday
Latest
परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी नष्ट गरौँः सांसद कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ केजी गाँजासहित दुई भारतीय पक्राउ त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु, वैशाखसम्म काम सक्ने तयारी लदी पूजा गर्दै माझी समुदाय पाँच बुँदे सहमतिमा ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरे, आजदेखि ग्यास आपूर्ति सहज बनाउने ५ अध्यादेश भोलि नै संसदबाट पारित गराउने तयारी, कांग्रेस र एमालेले लगायो ह्वीप प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित नेप्से परिसूचक तीस अङ्कले घट्यो रणवीर इलाहाबादियालाई पोडकास्ट सुरु गर्न अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री इस्पेरलाई बर्खास्त गरे



अ+ अ-

अमेरिका । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई बर्खास्त गरेका छन्। राष्ट्रपतिय निर्वाचनमा पराजित भएका ट्रम्पले कार्यकाल सकिनै लागेका समय रक्षा मन्त्रीलाई बर्खास्त गरेका हुन्। 

रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्यासित र अस्वभाविक मानिएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत इस्पेरलाई हटाइएको जानकारी दिएका छन्। तर उनलाई हटाउनुको कारण भने उनले स्पष्ट पारेका छैनन्। केही दिनयता ट्रम्प र एस्परका फरक मत सार्वजनिक हुँदै आएका थिए ।

एस्परलाई बर्खास्त गरेलगत्तै नेशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको बीबीसीले जनाएको छ । नवनिर्वाचित राष्ट्रपति बाइडनले पदभार ग्रहण नगर्दासम्म ट्रम्पले अहिलेलाई निर्णय गर्न पाउँने व्यवस्था रहेको छ ।