५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेश सचिव श्रृंगला नेपाल आउँदै, दुई दिने भ्रमण तय



अ+ अ-

काठमाडौं । नेपाल र भारत दुबै देशले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि रोकिएको दुई देशबीचकाे सम्वाद कुटनीतिक तहमा पुनः सुरू हुन थालेको छ ।

हालैमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा भारतीय गुप्तचर निकाय 'रअ' का प्रमुख सामन्तकुमार गोयलले नेपालकाे भ्रमण गर्नु भएकाे थियाे भने नेपाली सेनाको मानार्थ महारथीको उपाधि लिन भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पनि नेपालकाे भ्रमण गरी फर्किसक्नु भएकाे छ । उहाँहरू दुबैले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटघाट गर्नु भएकाे थियाे ।

भारतका उच्च अधिकारीकाे नेपाल भ्रमण समाप्त भएलगत्तै भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नेपाल आउन लाग्नु भएको हाे ।

दुई देशमा पराराष्ट्र सचिवको छलफल पछि मन्त्रीस्तरीय छलफल अघि बढ्ने पराराष्ट्र स्रोतले जानकारी दिएको छ ।

भारतीय विदेश सचिव श्रृंगलाले यही मंसिरको ११ देखि १२ सम्म नेपाल भ्रमण गर्नु हुनेछ ।  त्यसपछि मन्त्रीस्तरिय भ्रमणको मिति तय गर्ने स्रोतले जनाएको छ । विदेश सचिवको जिम्मेवारी सम्हालेपछि श्रृंगलाले सार्क क्षेत्रमा अन्य मुलुकहरुको भ्रमण गरिसक्नु भएकाे भारतीय संचार माध्यमहरूले जनाएका छन् ।