काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका–८ का उनको उपचारको क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
कोरोना आशंकामा गत १४ गते गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई १३ गते कात्तिकमा अस्पतालको प्री–आइसोलेसनमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार उनलाई रेमडिसिभरको प्रयोग समेत गरीएको थियो ।











