२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ



अ+ अ-

काठमाडौं । वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचार गराइरहेका उनको बुधबार निधन भएको हो ।

बल्लभको पार्थिव शरीरलाई बुधबार दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

लामो समय रेडियो नेपालका जागिरे बल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरले निधन भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् ।

बल्लभले तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीत लेखेका हुन् ।