काठमाडौं । नेपालभरी पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ । हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा जम्मा २७३६ जनामा संक्रमण पुष्टि भएकाृे हो ।
पछिल्लो २४ घण्टामा मात्र ८५३ जना संक्रमणमुक्त भएका हुन् । हाल देशभर ३८ हजार ३५ जना संक्रिय संक्रमित छन् ।











