२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित अमेरिकी गायिका सिसी ह्युस्टनको निधन



अ+ अ-

एजेन्सी । दुई पटकको ग्रामी अवार्ड विजेता तथा दिवंगत गायिका-अभिनेत्री ह्विटनी ह्युस्टनकी आमा सिसी ह्युस्टनको ९१ वर्षको उमेरमा निधन भएको छ ।

सिसीकी बुहारी प्याट ह्युस्टनले उनको मृत्युको जानकारी दिएकी छन् । उनले गायिका अल्जाइमर्सबाट पीडित रहेको बताइन् ।

उनको न्यू जर्सीस्थित आफ्नै घरमा निधन भएको हो । उनको अन्तिम घडीमा परिवारका सदस्यहरु उनको साथमा थिए ।

सिसी ह्युस्टन करिब सात दशकदेखि संगीत संसारमा सक्रिय थिइन् । उनले ५ वर्षको उमेरदेखि नै गाउन थालेकी थिइन् । उनी आर एन्ड बी समूह ‘द स्वीट इन्स्पिरेशन्स’को संस्थापक सदस्य पनि थिइन् जहाँ उनले रोय ह्यामिल्टन र एल्विस प्रेस्ली जस्ता दिग्गजहरूका लागि ब्याकअप गाइन् ।

यस समूहमा सिसीले डियोने वारविक, डी डी वारविक र डोरिस ट्रोय जस्ता गायकहरूसँग गाएकी थिइन् ।

सिसीले आफ्नो करियरमा ६०० भन्दा बढी गीत रेकर्ड गरिन् ।