२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडक्रसद्वारा विपद् प्रभावित १२ सय ७३ परिवारलाई राहत सामग्री वितरण, एक हजार बढी स्वयंसेवक परिचालन



अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रसले मनसुनजन्य विपद्बाट प्रभावित १ हजार २ सय ७३ परिवारलाई राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।

असोज ११, १२ र १३ गते आएको अविरल वर्षापछि आएको बाढी, पहिरोबाट प्रभावित १ हजार २ सय ७३ परिवारलाई रेडक्रसले राहत सामग्री उपलब्ध गराएको जनाएको हो ।

पीडितलाई स्थानीय सरकारसँग मिलेर राहत र उद्धारको कामलाई अघि बढाएको जनाएको छ । जसमध्ये ४ सय ८२ परिवारलाई गैरखाद्य सामग्रीहरुको सेट उपलब्ध गराइएको रेडक्रसका विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले बताउनु भयो । उहाँले सरकारले तोकेको विपद् संकटग्रस्त क्षेत्रमा स्थानीय सरकारसँग मिलेर पीडितलाई राहत र उद्धार गर्ने कामलाई अघि बढाइएको बताउनु भयो । सोमवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले सो क्षेत्रमा पीडितहरुको यकीन डाटा संकलन गर्न, उनीहरुलाई राहत र उद्धार गर्न कम्तीमा १ हजार स्वयंसेवक परिचालन गरिएको पनि बताउनु भयो । टेलिफोन, विद्युत, सडक अवरुद्ध हुँदा पीडितको यकीन विवरण तयार गर्ने काममा पनि केही ढिलाई हुन गएको पनि रेडक्रशको स्पष्टिकरण छ ।

विपद् व्यवस्थापन विभागका निर्देशक श्रेष्ठले भन्नुभयो, ‘अहिले प्रभावित भएका जिल्लाहरुमा रिलिफ, रेसपोन्स र मलाई लाग्छ–मोर दयान १ थाउजेन्ट भोलेन्टियरस मोविलाईज हुनुहुन्छ । इन्फरमेशन ल्याउन, सर्टेन रेसक्यू गर्न र रिलिफ सर्पोटका लागि कामहरु भइरहेका छन् । त्यसमा हामीसँग इन्कन्ट्री पार्टनरहरु पनि सहयोगका लागि हुनुहुन्छ । र स्थानीय सरकारसँग मिलेर काम गरिराखेका छौं ।’

विभागका अनुसार यस वर्षको मनसुनबाट ६३ जिल्ला प्रभावित रहेका छन् । ती मध्ये पीडित ९४८ घर परिवारलाई १५ हजारका दरले आर्थिक सहायता प्रदान गरिएको पनि विभागका निर्देशक श्रेष्ठले बताउनु भयो । यस वर्षको मनसुन शुरु भए यता ३८१ जनाको मृत्यु भएको, ३७५ जना घाइते भएका र ७३ जना हराइरहेको रेडक्रसको तथ्यांकमा उल्लेख गरिएको छ । रेडक्रसले यस वर्षको मनसुन यता ७८१ परिवारलाई गैरखाद्य सामग्री वितरण, १ हजार ४६ जना स्वयंसेवक परिचालन, २ हजार ८० वटा त्रिपाल वितरण, १ हजार ८५३ वटा कम्बल वितरण, म्याट्रेस ६ सय ६६,४४८ रोल डोरी वितरण गरेको जनाएको छ ।