नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले ओलीलाई २७ गते बैठक बस्ने प्रस्तावमा सहमति जनाउन आग्रह गर्नुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।











