• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

अमेरिकाद्वारा २३ अर्ब डलरको प्रतिरक्षा सामग्री युएईलाई बिक्री



वासिङटन । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएईलाई बिक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू बिमान, एमक्यू–नाइन–बी मानवरहीत ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न प्रयोग गरिने क्षेप्यास्त्रहरु रहेका छन् । डोनाल्ड ट्रम्प प्रशासनले उक्त सामग्री बिक्री गर्नेसम्बन्धी सम्झौताका बारेमा कंग्रेसलाई जानकारी दिएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले मंगलबार जारी गरेको विज्ञप्तिमा युएईसँग प्रगाढ बन्दै गएको सम्बन्धका कारण आधुनिक हातहतियार बिक्री गर्न लागिएको उल्लेख छ । 

पछिल्ला केही वर्षदेखि इरानबाट बढ्दो सुरक्षा चुनौती थपिएको अवस्थामा त्यसलाई निस्तेज बनाउन पनि युएईलाई अत्याधुनिक हातहतियार र लडाकू बिमान उपलब्ध गराउनु परेको विदेश मन्त्री पोम्पेओले बताएका छन् । इजरायलसँग सम्बन्धी सामान्यीकरण गर्नेगरी युएईले इजरायलसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता गरेलगत्तै युएईलाई अमेरिकाले आधुनिक हातहतियार र युद्धक बिमान बिक्री गर्न लागेको हो । 

यसअघि इजरायल र जोर्डनबीच सन् १९९४ मा तथा इजरायल–इजिप्टबीच सन् १९७९ मा दौत्य सम्बन्ध स्थापना गर्नेगरी सम्झौताहरु भएका थिए । सुडान, बहराइन र युएईसँग भने हालै दौत्य सम्बन्ध स्थापना गर्न सहमति भएको हो ।