• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित

प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा सुदेशनालाई रजत



काठमाडौं । नेपालकी सुदेशना गुरुङले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा रजत जितेकी छिन् । सुदेशनाले महिला एकल पुम्सेको यु–१५ उमेरसमूहमा रजत जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका छन् । सुदेशनाले ६.७५ अंक जोडिन् ।

यो स्पर्धामा नेपालका अन्य दुई खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए । ६.३० अंकसाथ नेपालकी शान्ति राईले कांस्य जितिन् । प्रगति कुइकेल ५.६० अंकसाथ पाँचौं स्थानमा रहिन् । ब्राजिलकी मारियाना उर्बिनाले ६.८० अंक जोड्दै स्वर्ण हात पारिन् ।

ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको उक्त प्रतियोगितामा यसअघि पुरुष यु–१४ एकल पुम्सेमा नेपालका आयुश ढुंगेलले स्वर्ण जितेका थिए । अध्यक्ष खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।