२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गर्नुभएको हो ।

कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको १५ लाख र आईएमई लाइफको १५ लाख गरी कुल ५ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ ।

बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताउनुभयो ।

चेक हस्तान्तरण कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यलगायतको उपस्थिति रहेको थियो ।