९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

कोरोना महामारी नियन्त्रणमा भुटानको सफल मोडल

कोरोना महामारी नियन्त्रणमा  भुटानको  सफल मोडल
अ अ+ अ-

भुटानमा हालसम्म ३६४ जना संक्रमित भएका छन् ्र ती मध्ये ३४३ जना निको भएर घर फर्किएका छन् भने २१ जना आइसोलेसन केन्द्र तथा अस्पतालमा छन् । भुटानमा आजसम्म एकजना व्यक्तिको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छैन  ।

भुटान कोरोना महामारीको सुचिमा १८६ औं स्थानमा छ । जब चीनको वुहानमा कोरोना संक्रमण फैलियो, भुटानले त्यो समयदेखि नै सतर्कता अपनाउन सुरु गर्यो   । भुटान आउने सबै व्यक्तिलाई बिमानस्थलदेखि सुरक्षा प्रबन्ध मिलाएर २१ दिनसम्म स्तरीय क्वारेन्टाइनमा निःशुल्क राख्यो ्र उनीहरुलाई कम्तिमा ३ पटकको परिक्षणमा कोरोना संक्रमण नेगेटिभ देखिएपछि होम वा होटल क्वारेन्टिनमा बस्ने तथा सरकारले निरन्तर अनुगमन र निगरानीमा राख्ने काम गर्यो ।

 हरेक संक्रमितको केहि घण्टाभित्र नै कन्ट्याक्ट ट्रेसिंग गरेर क्वारेन्टिनमा राख्ने तथा पटकपटक परिक्षण गर्ने गर्यो । भुटानले भबिष्यमा कुनै महामारी आए के गर्ने भनेर चीनमा गत बर्ष महामारी नियन्त्रण अभ्यासको तालिम लिएको थियो । चीनले सन् २००२–२००३ मा सार्स नियन्त्रण गरेको अनुभव सिकेर पारो अन्तराष्ट्रिय विमानस्थलमा ड्रिल अर्थात नक्कली महामारी अभ्यास गरेको थियो  । यस्ता अभ्यासले आपतकालीन तयारीलाई मार्ग निर्देश गर्छन्। ्र त्यसै गरि भुटानले सबैभन्दा खराब अवस्थाको आंकलन गरेर अस्पतालदेखि आइसोलेसन सेन्टरलाई स्ट्याण्ड बाइ राखेको छ  ।

भुटानका होटेल तथा अन्य संस्थाले आइसोलेसन वा क्वारेन्टिनमा राख्नुपर्ने नागरिकलाई निःशुल्क खाना तथा आवासको ब्यबस्था गर्ने प्रण गरे र त्यहि अनुसार सेवा दिइरहेका छन् । भुटानको स्वास्थ्य मन्त्रालयले सबै नागरिकको स्वास्थ रेखदेख तथा उपचार गर्ने जिम्मा लिएको छ ।  भुटानमा स्वास्थ्य सेवा सबै निशुल्क छ ।  कुनै पनि डाक्टर वा अस्पतालले नागरिकबाट शुल्क लिन पाउदैनन् ।  देशको राष्ट्रिय स्वास्थ्य नीति तथा संबिधानमा स्पष्ट भनिएको छ – राज्यले आधुनिक र परम्परागत औषधि दुबैमा आधारभूत सार्वजनिक स्वास्थ्य सेवामा निःशुल्क पहुँच प्रदान गर्नेछ।

 भुटानले स्वास्थ्य सेवाको समान वितरणमा ध्यान दिएको छ ्र लकडाउनको कारण बिभिन्न देशमा फसेका आफ्ना नागरिकलाई भुटानले चार्टर फ्ल्याइटबाट आफ्नै देशमा ल्यायो ्र भुटानले संक्रमित पहिचानको लागि विद्यालयका शिक्षक, ग्रामिण स्वास्थ्य कार्यकर्ता, सुरक्षा , स्थानीय निकाय तथा स्वास्थ्यकर्मीलाई ब्यापक परिचालन गरिरहेको छ।  सिमानामा अस्थायी आवास निर्माण गरेर सिमाबासी तथा भुटान बस्न चाहाने भारतीय मजदुरलाई सुरक्षित रुपमा राखेको छ ।  सिमानामा सुरक्षाकर्मी परिचालन गरेको छ । 
भुटानका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्य मन्त्री जनस्वास्थ्य तथा चिकित्साको पृष्ठभूमि भएका बिज्ञ हुन् ।  यो महामारीको बेला भुटानले कुनै पनि नागरिकलाई आर्थिक कठिनाइ हुन् नदिने नीति लिएको छ । परिक्षण, उपचार, खाना, आबास लगायत आधारभूत आवश्यकता हरेक नागरिकलाई सुनिश्चित गरिएको छ ।  त्यस्तै भुटानले मास्क, पन्जा, फेस शिल्ड, चस्मा लगायतका सामग्री हरेक जनतालाई निशुल्क वितरण गरिरहेको छ  भुटानका राजालाई त्यहाँ आदर्शको रुपमा लिइन्छ।्र त्यसैले त्यहाँ भ्रष्ट्राचार, ढिलासुस्ती पटक्कै छैन,
महामारीको समयमा राष्ट्रिय एकताको दृढ भावना समाजका सबै वर्गले प्रदर्शन गरिरहेछन्। फ्रन्टलाइनमा काम गर्ने वर्गलाई स्वयंसेवीहरुले गुणस्तरीय खानपिनको ब्यबस्था गरेका छन्। हरेक ब्यबसायीले महामारी नियन्त्रणको लागि आफ्नो क्षेत्रबाट सरकार तथा नागरिकलाई सहयोग गरिरहेका छन् । मास्क, दुरी तथा सरसफाईलाई सबै जनताले जीवनशैली बनाएका छन् ्र भुटानले देशका ५४ ठाउँमा ‘ फ्लु क्लिनिक ‘ संचालन गरियो ,ज्वरो तथा रुघाखोकी लागेका हरेक व्यक्तिको पिसिआर तथा छातीको एक्स रे गर्ने काम गरियो  परिक्षणबिना सहर र गाउँमा आवतजावत बन्द गरियो, भुटानले यो महामारीको समयमा चुरोट तथा सुर्तीजन्य पदार्थको उत्पादन, बिक्रिवितरण तथा सेवन नियन्त्रणमा ठूलो सफलता हासिल गर्यो । त्यस्तै यो महामारीको अवधिलाई भुटानले कृषि तथा पशुपंक्षी पालनलाई निकै प्राथमिकता दियो ।  

कोरोना महामारी सुरु भएपछि भुटानले मार्च २२ देखि भारतसंगको बोर्डर बन्द गर्यो ्र भारतमा लकडाउन सुरु भएको थियो ।  यो संगै भुटानमा खाधान्न अभाव देखियो  भुटानले भारतबाट खानेकुरा ठूलो मात्रामा आयात गर्थ्यो,,त्यसपछि भुटानले कृषकलाई शुन्य ब्याजमा  कृषि ऋण, बिउ, मल, प्रबिधि आदि हस्तान्तरण गर्यो , कृषि तथा पशुपंक्षीमा आत्मनिर्भर हुनको लागि किसानले उत्पादन गरेको खाधान्न बजारीकरणको ग्यारेन्टी गर्यो ,  फलस्वरूप अहिले भुटान खानेकुरामा आत्मनिर्भरको बाटोमा हिंडिरहेको छ । 
भुटानले कोरोना भाइरसविरुद्धको खोपको लागि अन्तराष्ट्रिय संघसंस्थासंग समन्वय गरेर पुरै खोप आउनासाथ सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रत्याभूति गरेको छ । यसरी भुटानले सिमाना शिल, परिक्षण, प्रभावकारी कन्ट्याक ट्रेसिंग, उच्च सेवासहितको क्वारेन्टिन तथा आइसोलेसन, अस्पतालको क्षमतावृद्धि, ब्यापक मनोपरामर्श, व्यवसायीलाई राहत तथा निशुल्क सेवा प्रदान गरेर विश्वमै नमुना साबित भएको छ ।